Category: News

  • डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

    डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

    सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
    अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र मा पर्ने जर्सीचोक देउली जडी हुँदै सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने प्रलोभन दिएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको ठहर छ ।
    लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी राखेर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडलेले जानकारी दिए ।

  • भाषण गर्दागर्दै ढलेका गौतमको मृत्यु

    भाषण गर्दागर्दै ढलेका गौतमको मृत्यु

     नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
    भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।
    उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पु¥याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।
    बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
    नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

  • चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

    चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

    अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको भए पनि उसलाई ५ अर्बभन्दा कम बजेट दिने गरी मन्त्रालयले तयारी गरेको हो।
    अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर मन्त्रालयले बजेट निकासा गर्ने ती अधिकारीले बताए। फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गर्ने भएको हो। ‘निर्वाचन आयोगले ठूलो रकम मागेको छ। अघिल्लो निर्वाचनको अवस्था र अहिले प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले साढे ५ अर्बभन्दा कम बजेट भए पुग्ने हाम्रो अनुमान छ,’ अर्थका ती अधिकारीले भने।
    बजेट साढे ४ अर्बभन्दा कम नहुने भने ती अधिकारीले बताएका छन्।
    अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गरेका थिए। आयोगले निर्वाचन व्यवस्थाका लागि खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आकलन गरेर बजेट माग गर्छ।
    सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने आयोगको ठम्याइ छ। आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तिमा १४ कर्मचारी आवश्यक पर्छ। आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ। मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्छ।
    आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ। त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी छ।
    आयोगका एक आयुक्तका अनुसार २०७९ सालको निर्वाचनमा माग गरेको बजेट खर्च नभएपछि ३ अर्ब रूपैयाँ फिर्ता गरिएको थियो।

  • ‘आन्दोलनका नाममा भएको क्षतिलाई राजनीतिक दृष्टिकोणबाट नहेरौं’

    ‘आन्दोलनका नाममा भएको क्षतिलाई राजनीतिक दृष्टिकोणबाट नहेरौं’

     

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनको नाममा भएको क्षतिलाई राजनीतिक दृष्टिकोणबाट नहेर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटना, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका हुन् । सुर्खेत आएका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग बुधबार भएको भेटका क्रममा मुख्यमन्त्री कँडेलले यस्तो आग्रह गरेका हुन् ।
    उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिएका
    छन् । विगतका राजनीतिक आन्दोलनहरु भएपनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको भन्दै उनले अहिलेको यो घटनामा निश्पक्ष छानविन हुनुपर्ने बताए ।
    ‘अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ, अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।’ आयोगका सदस्य भण्डारीसँगको भेटमा मुख्यमन्त्री कँडेलले भने । अपराधजन्य कार्यमा संलग्न कोहीलाई पनि कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए । जाँचबुझ आयोग र प्रहरी प्रशासनले निश्पक्ष अनुसन्धान गरी संलग्न सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सुझाव दिए ।
    मुख्यमन्त्रीसँगको भेटका क्रममा जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई आपराधिक गतिविधिकै रुपमा आयोगले अध्ययन गर्ने बताए । व्याक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरालाई राजनीतिक रुपमा हेर्नु गलत हुने उनले बताए । यसैक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी प्राप्त भएका प्रमाणहरु सङ्कलन गरिएको जानकारी दिए । प्रहरी घटनामा संलग्न व्यक्तिहरुको पहिचानको अन्तिम चरणमा पुगेको उनले बताए ।

  • हत्या अभियोगमा एक जना पक्राउ

    हत्या अभियोगमा एक जना पक्राउ

    सुर्खेतमा मेला हेर्न साथमा गएका व्यक्तिको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–७ का हेमन्त धमला भनिने हिरा प्रसाद धमलालाई बुधबार पक्राउ गरिएको हो ।
    कात्तिक ३ गते चौकुने गाउँपालिका–१० मा लाग्ने भुवा मेला हेर्न गएका चौकुने–७ का २१ बर्षीय भुवन धमलाको हत्या गरेको अभियोग उनीमाथि लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
    उक्त दिन मेला हेर्न गएका भवन कात्तिक ७ गतेसम्म घर फर्किएका थिएनन् । उनी घर नफर्किएपछि परिवारले खोजी गरिदिन इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदनपश्चात प्रहरी उनको खोजीमा गएको थियो । खोजी गर्नेक्रममा कात्तिक ७ बजे भुवन चौकुने–१० स्थित तामाधारा खोलाको ताताथाई भन्ने ठाउँमा मृत भेटिएको थिए ।
    मृतकको शरीरको विभिन्न भागमा चोटपटक लागेको भेटिएको डिएसपी बुढथापाले बताए । घटनाको सुक्ष्म अनुसन्धान गर्नेक्रममा पक्राउ पर्ने हेमन्त भुवनकै साथमा मेला हेर्न गएको र उनको कपडामा पनि रगत लागेको भेटिएको उनले जानकारी दिए । उनीहरुबीच बाटोमा विवाद भएको पनि अनुसन्धानका क्रममा भेटिएको छ ।
    डिएसपी बुढथापाका अनुसार घटनापश्चात हेमन्तले कसैलाई जानकारी नगराई घटना लुकाउन खोजेको भेटिएको छ । भुवनका परिवारले पनि हेमन्तविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको उनले बताए । पक्राउ परेका हेमन्तमाथि म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी बुढथापाले जानकारी दिए ।

  • मध्यपहाडीको रुकुम खण्ड १८ दिन बन्द हुने

    मध्यपहाडीको रुकुम खण्ड १८ दिन बन्द हुने

    मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध हुने भएको
    छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।
    मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर नवीन खरेलका अनुसार आजदेखि कात्तिक ३० गतेसम्म किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९ मिटर सडक ढलान गर्ने योजना रहेको छ । ‘यी दुई ठाउँमा सडक साँघुरो र कच्ची भएकाले ढलान गरेर बलियो बनाउने निर्णय गरिएको हो,’ उनले भने, ‘तत्काल फराकिलो बनाउन थाले समय र लगानी दुवै धेरै लाग्ने भएकाले अहिले भएकै सडकलाई ढलान गर्ने निर्णय गरिएको हो ।’
    विशेषगरी रुकुम पश्चिमसँगै जाजरकोट र डोल्पासम्मका सवारीसाधन पोखरा–काठमाडौंसम्म आवतजावत गर्ने भएकाले यो खण्ड बन्द हुँदा मुसिकोटबाट गाराघाटको पुल तरेर पिपल–पोखरा गाउँ हुँदै रुकुमकोट पुगेर पुनः मध्यपहाडी लोकमार्गमा जोडिन सकिने वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ ।
    चाडपर्व सकेर काठमाडौँतर्फ फर्कने सर्वसाधारणको भीड बढेको र तत्काल रुट परिवर्तन गर्दा कठिनाइ हुने भन्दै सडक मर्मत केही दिनपछि सार्न यातायात व्यवसायीहरुले आग्रह गरे पनि त्यो सम्भव नभएको इन्जिनियर खरेलले बताए । ‘यातायात व्यवसायीहरुले काम केही दिन पछाडि सार्न अनुरोध गरे पनि तत्काल सम्भव भएन, त्यसैले मौसमको अवस्था हेरी भोलीदेखि नै काम सुरु हुन्छ,’ उनले भने ।

  • ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ

    ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ

    देउसी भैलो खेल्ने क्रममा उच्छृङगल गतिविधि र ज्यान मार्ने उद्योग गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार राति ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
    कार्यालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर–३ बस्ने १८ बर्षीय उत्सव पुन मगर, चाहिन गुरुङ, २१ बर्षीय विक्रान्त गुरुङ, वीरेन्द्रनगर–९ लाटीकोइलीका १८ बर्षीय हेमराज रोकाय, सिमान्त पन्त, समिर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी ज्यान मार्ने उद्योगमा पक्राउ परेका हुन् ।
    कात्तिक ७ गते देउसी भैलो खेल्ने क्रममा राति साढे १ बजे उनीहरुले केही व्यक्तिहरुलाई बाटो छेकेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्त डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘देउसी भैलो खेल्ने क्रममा उच्छृङ्गल गतिविधी र झैझगडा गरी बाटो छेकेर पिडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरिएको पाईएको छ,’ डिएसपी बुढथापाले भने ।
    घटना भएको मितिदेखि फरार रहेका उनीहरुलाई खोजी गर्नेक्रममा वीरेन्द्रनगर नगरपालिका–१० मा फेला पारि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको डिएसपी बुढथापाले बताए ।

  • विप्लवको पार्टीले नाम फेरेर निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

    विप्लवको पार्टीले नाम फेरेर निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन


    नेत्रविक्रम चन्द्र ’विप्लव’ नेतृत्वको नेकपाले पार्टीको नाम फेरेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)को नेतृत्वमा गएको टोलीले मंगलबार आयोगमा दल दर्ताको निवेदन दिएको हो । यसअघि विप्लवको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेको थियो । नेकपा नामको पार्टी यसअघि नै दर्ता भइसकेकाले विप्लवको पार्टीले नयाँ नामसहित निवेदन दिएको हो ।
    यसअघि निर्वाचन बहिष्कार गर्दै आएका नेकपाले आगामी चुनावमा भाग लिने भन्दै मंगलबार आयोगमा निवेदन दिएको हो । माओवादी केन्द्रसँगको पार्टी एकता प्रयास विफल भएपछि विप्लवको पार्टीले आयोगमा दल दर्ता गरेको हो । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका ४ निर्वाचनमा विप्लवले भाग लिएका थिएनन् ।
    प्रतिनिधिसभा विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेपछि विप्लवको पार्टीले चुनावमा भाग लिने निर्णय गरेको हो । विप्लवले प्रतिनिधिसभा पुनःस्थापनाले निकास नदिने बताउँदै आएका छन् ।

  • ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    रूकुम पश्चिममा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा परी चौरजहारी नगरपालिका – ३ स्यालाखोलाका चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए।
    चौरजहारी नगरपालिका–६ शान्ति बजारस्थित भित्री सडक खण्डमा सोमबार बेलुका ६ बजेतिर लु.प्र २००१ त ००२३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको साइडको नालामा पल्टिँदा पहाडको भित्तामा च्यापिएर विक गम्भीर घाइते भएका थिए।
    प्रहरीले चालक विकलाई उद्धार गरि जिल्ला अस्पताल सल्लेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताए।

  • प्रहरीवृत्त निर्माणको लागि रवीन्द्र मिश्रले गरे ५० हजार सहयोग

    प्रहरीवृत्त निर्माणको लागि रवीन्द्र मिश्रले गरे ५० हजार सहयोग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले ’प्रहरीवृत्त बानेश्वर हामी बनाउँछौँ’ अभियान सञ्चालन गरेका छन् ।
    आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ का स्थानीयसँग मिलेर मिश्रले यो अभियान चलाएका हुन् । यस अभियानलाई आज बिहान उनले ५ हजार नगद सहयोग गरेको राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिए।
    जेनजी आन्दोलनको क्रममा प्रहरीवृत्तमा आगजनी भएपछि स्थानीयहरूले आर्थिक सहयोग जुटाएर पुनर्निर्माण गर्न लागेका हुन् ।