२०८३ कात्तिक १९ , बिहीबार

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारी निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की सर्वोच्च अदालत पुगेका हुन्। उनीनिकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध रिट निवेदन पेस गरिएको छ।

कार्कीको रिट अहिले सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको अधिवक्ता कुँवरले जानकारी दिएका छन्। यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार