काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा बिक्री गर्न लागेको सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम तौलको सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिहीबार र शुक्रबार सर्वसाधारणलाई बिक्री गर्नेछ ।
प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार








