२०८३ असोज ३० , शुक्रबार

जनतामुखी भएर काम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिँदै काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउन आग्रह गर्नुभयो। साथै, प्रहरीको बर्दी जनताका लागि डर नभई भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताउनुभयो। सही काम गर्ने प्रहरीलाई सरकारले साथ दिने उल्लेख गर्दै उहाँले गलत कार्यको संरक्षण नगरिने स्पष्ट पार्नुभयो।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार