२०८३ मंसिर १३ , आइतबार

सस्तो मोबाइलले सञ्चालन गरेकाे बम्पर उपहार योजना सार्वजनिक हुँदै



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३ यरीचोकस्थित सस्तो मोबाइलले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको ‘चाडपर्व विशेष बम्पर उपहार योजना’को नतिजा सार्वजनिक गर्ने भएको छ । तीज, दसैँ र तिहारका अवसरमा बिक्री भएका कुपनबाट भाग्यशाली ग्राहक छनोट गरी विभिन्न आकर्षक उपहार प्रदान गर्न लागिएको हो ।

योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, पाँच जनालाई स्मार्टफोन, पाँच जनालाई सुनको औँठी, एक जनालाई स्मार्ट टिभी र एक जनालाई फ्रिज उपहार प्रदान गरिनेछ ।

यसैगरी, १०० जनालाई एयरबड्स, १०० जनालाई नेकब्यान्ड र १०० जनालाई स्मार्टवाच उपहार दिइने सस्तो मोबाइलले जनाएको छ । यसरी योजनाअन्तर्गत कुल ३१४ वटा उपहार वितरण गरिनेछ ।

सस्तो मोबाइलका सञ्चालक सन्दीप मल्लका अनुसार मंसिर १४ गतेसम्म सामान खरिद गर्ने ग्राहकले समेत उपहार योजनामा सहभागी हुने अवसर पाउनेछन् । मंसिर १५ गते मंगलबार बिहान ११ बजे यरीचोकस्थित सस्तो मोबाइलको कार्यालयमा हालसम्म बिक्री भएका कुपनबाट भाग्यशाली विजेता छनोट गरी नतिजा सार्वजनिक गरिनेछ ।

चाडपर्वको अवसरमा ग्राहकसँगको सम्बन्ध थप सुमधुर बनाउने र खरिदकर्तालाई उपहारमार्फत उत्साहित गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको मल्लले बताए ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार