२०८३ असोज ३० , शुक्रबार

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३ र ०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ कायम गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी दिएका हुन्। सरकारले नयाँ आर्थिक वर्षका लागि निर्धारण गरेको उक्त मूल्यअनुसार अब गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ हुनेछ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार