२०८३ असोज ३० , शुक्रबार

नेपाली फुटबलमा नयाँ प्रतियोगिता थपिँदै, फागुन १ देखि नेपाल फुटबल लिग हुने



काठमाडौं । नेपाली फुटबल अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० को निलम्बनमा रहेका बेला नेपालमा नयाँ फुटबल प्रतियोगिता घोषणा गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको नेपाल फुटबल लिग ९एनएफएल० आगामी फागुन १ गतेदेखि सञ्चालन हुने भएको हो।

‘नयाँ युगको सुरुआत’ भन्ने नारासहित आयोजना गर्न लागिएको लिगमा नेपाल सुपर लिग ९एनएसएल० मा सहभागी हुने भनिएका टोलीहरू मैदानमा उत्रिनेछन्। यसअघि घोषणा भए पनि आयोजना हुन नसकेको एनएसएलका टोलीलाई समेटेर नयाँ प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। लिगको नेतृत्व कल्याण गुरुङले गर्नेछन्। उनी प्रतियोगितामा सहभागी हुने ललितपुर सिटी एफसीका मालिकसमेत हुन्। हालसम्म काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी, झापा एफसी र ललितपुर सिटी एफसी गरी सात टोली सहभागी हुने भएका छन्।

आयोजकले आगामी दिनमा टोलीको संख्या बढाएर १० पुर्‍याउने लक्ष्य राखेको छ। गुरुङका अनुसार केही क्लबको सहकार्यमा निजी क्षेत्रबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसका लागि यसअघि घोषणा गरिएको नेपाल सुपर लिगसँग अनुमति लिइएको उनले बताए।प्रतियोगिताका कमिसनर राजु घिसिङ रहेका छन्। उनका अनुसार लिग करिब चार महिनासम्म चल्नेछ भने खेलहरू होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछन्। घिसिङले नयाँ प्रतियोगिताले नेपाली फुटबलमा उत्साह र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार