काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो।कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले ३३ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ५१ रन बनाए।
त्यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे। पवन सर्राफले २१ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए। अन्तिमतिर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ६ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाए।
कर्णालीका अन्य ब्याटरमध्ये चसिन शर्मा खाता नखोली आउट भए भने दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए। नन्दन यादव २ रनमा अविजित रहे। बलिङतर्फ चितवन राइनोजका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए।
रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे। हुसेन तलतको अविजित अर्धशतक र अरिफुल इस्लामको आक्रामक सुरुवातमा कर्णालीले चितवनसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।







