कार्यकर्तालाई ओलीको निर्देशन: जनताको मन जित्ने गरी अघि बढ्नु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको जिकिर गरे।

उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए। ‘एमाले यो ठाउँमा अब पराजित हुनुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जान सक्नुपर्छ’, उनले भने।

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले भने, ‘देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन।’

देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उनले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *