सुर्खेत । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार








