२०८३ मंसिर ४ , शुक्रबार

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। आन्तरिक छलफलपछि शाहीले आगामी मंसिर अन्तिम साता हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने निर्णय लिएका हुन्। उनले आज राजधानीस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन्।

गत फागुनमा सम्पन्न निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ला सांसद शाही हाल पार्टी संसदीय दलका नेतासमेत छन्। राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार