उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । प्रस्तुत बजेटमा पूँजीगत खर्च २ अर्ब ७८ करोड ८४ लाख र चालू खर्च १ अर्ब ५९ करोड ४२ लाख रहेको छ । नगरपालिकाले कर सुधार र आन्तरिक स्रोत विस्तार गरी कुल ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको छ । विभिन्न किसिमका कर संकलनलाई प्रभावकारी बनाउन वडास्तरमै सहकार्य गर्ने नीति लिइएको छ ।
प्रमुख कार्यक्रम र बजेट
– भेरी पम्पिङ्ग आयोजनाका लागि ११ करोड ६० लाख म्याचिङ फण्ड व्यवस्था
- शहरी सौन्दर्य तथा पूर्वाधार विकासका लागि २२ करोड ३४ लाख
- नगर गौरव आयोजना अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५० लाख बजेट
- शिक्षा क्षेत्रमा ५ करोड ५९ लाख, स्वास्थ्यमा १ करोड ५९ लाख र
महिला बालबालिका अस्पतालका लागि ३७ लाख ५० हजार विनियोजन - कृषि तथा पशुपालन आत्मनिर्भरतातर्फ १ करोड ३० लाख बजेट
- फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्धनमा ४ करोड ५० लाखको व्यवस्था
- युवा सशक्तिकरण कार्यक्रमका लागि ६० लाख, खेलकुद क्षेत्रका लागि ६१ लाख २५ हजार विनियोजन
बजेट खर्चका लागि स्रोत व्यवस्थापन
- संघीय सरकारबाट सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख
- वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख प्रदेश सरकारको अनुदान ४० करोड ९५ लाख (सशर्त र समानीकरण सहित)
- सामाजिक सुरक्षा अनुदान ४० करोड
- गत वर्षको मौज्दात ४१ करोड २७ लाख
प्राथमिकता
शिक्षा, स्वास्थ्य, युवा विकास, महिला सहभागिता, वातावरण संरक्षण, पूर्वाधार विस्तार, डिजिटल सुशासन, विपद् जोखिम न्यूनीकरण र सामाजिक समावेशिता बजेटका मूल आधार रहेका छन् । विगतका योजना र उपलब्धिलाई संस्थागत गर्दै अबको कार्यान्वयनमा सबैको सक्रिय सहभागिताकाे अपेक्षा नगरपालिकाले गरेकाे छ । यस्तै बजेटसँगै गैरसरकारी संस्था तथा विकास साझेदारमार्फत ४० करोड रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृतिका लागि प्रस्ताव गरिएको छ ।
+ There are no comments
Add yours