२०८३ साउन २ , शनिबार

बुढी खोलामा अचानक आएको बाढीले बगाउँदा एकको मृत्यु, तीन बेपत्ता



बुढी खोलामा मंगलबार अचानक आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना बेपत्ता भएका छन्। एक जनालाई भने उद्दार गरिएको छ ।

बाढीले बगाउँदा मोरङ सुन्दरहरैँचा वडा नं. ५ की ३५ वर्षे प्रेमकुमारी चौधरीको मृत्यु भएको हो । खोलाले बगाउँदा मृतक चौधरीका आफन्त ३५ वर्षे फुलापकुमारी चौधरी र ६० वर्षे असरा चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए ।

उनकाअनुसार खोलामा माछा मार्ने क्रममा एक्कासी बाढी आएपछि उनीहरुलाई बगाएको थियो । बाढीले बगाएका अर्का एक पुरुषको नाम खुल्न सकेको छैन् । बेपत्ता भएका तीनै जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बुढी खोलामा जल सतहले सतर्कता तह पार गरेको र थप बढ्ने क्रममा रहेकाले अपराह्न ३ बजेसम्म सर्तक रहन जलतथामौसम विभागले तटीय क्षेत्र आसपासका स्थानीयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मंगलबार