लमजुङमा पहिरोले ३ घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। अन्य एकजना घाइते अवस्थामा फेला परेका छन्।
लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङका अनुसार क्व्होलासोथार गाउँपालिका–३ मा गयराति पहिरोले ३ वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ७० वर्षीय एकजना वृद्ध, उनका ३६ वर्षीया बुहारी, अन्दाजी ७–८ वर्षकी र ४–५ वर्षकी दुईजना नातिनी रहेका उनले बताए।
प्रमुख जिल्ला अधिकारी गुरुङले पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको र बेपत्ता भएकाहरूको खोजी कार्य सुरु गरिएको जानकारी दिए।
प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार








