समाचार सारांश
- दशौं राष्ट्रिय खेलकुदको महिला ३×३ बास्केटबलमा एपीएफलाई ११–१० अंकले हराउँदै कर्णाली प्रदेश फाइनलमा पुगेको छ। कर्णालीले कम्तीमा एउटा पदक पक्का गरेको छ।
सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फको ३×३ विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपीएफलाई एक अंकले पछाडि पार्दै फाइनल यात्रा तय गरेको हो।
- फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ। कर्णालीको यो सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले टोलीलाई बधाई दिनुभएको छ। उहाँले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नका लागि खेलाडीलाई शुभकामना दिनुभयो।
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार







