२०८३ असार ३२ , बिहीबार

जुम्लाबाट चोरीका गहनासहित युवक पक्राउ



जुम्ला चन्दननाथ नगरपालिका-१ का २६ वर्षीय शालिकराम महतलाई सुनका गरगहना चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। साउन ११ गते कालेखोलीकी शान्ति देवकोटाको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा महतलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी छेदीलाल कामतीका अनुसार देवकोटा माइतीघर गएको समयमा दराज फोडेर महतले सुनका गरगहना चोरेका थिए। प्रहरीको निगरानीमा रहेका महतलाई कालकोटको मान्मबाट नेपालगन्जतर्फ जाँदै गर्दा पक्राउ गरिएको हो।

प्रहरीले महत र चोरी गरिएका सामानहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ। बरामद गरिएका सामग्रीमा मयुरको चित्र भएको सुनको चन्द्रमा, कानमा लगाउने रिङ, माडुली, चन्द्रमाको भाँचिएको टुक्रा, र तीन हजार तीन सय रुपैयाँ नगद रहेका छन्।

शालिकरामको बयानका आधारमा साउन २४ गते थप गरगहनाहरू पनि प्रहरीले फेला पारेको छ। भाउडाँडाको ओढारमा लुकाइ राखिएका सुन सहितको पोते, तिलहरी, मुगा, नौगेडी, मंगलसुत्र, र बिज बरामद गरिएको प्रहरीले बताएकाे छ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार