२०८३ असार ३२ , बिहीबार

करातेका पदकविजेता सम्मानित



भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा विजेता खेलाडीसहित प्रशिक्षकहरू सम्मानित भएका छन्।

सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले शनिबार कार्यक्रम आयोजना गर्दै उक्त च्याम्पियनसिपमा स्वर्ण विजेता मीनबहादुर तामाङ र प्रशिक्षकहरू कुशल श्रेष्ठ, दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, श्याम सुनुवार र महेश महर्जनलाई सम्मान गरेको छ।

मीनबहादुरले उक्त च्याम्पियनसिपमा पुरुष ६० केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए। सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले खेलाडीलाई एक लाख एक सय रूपैयाँसहित सम्मानपत्र प्रदान गरे।

सोही अवसरमा खेलाडी अनिल बराम, फुटबल खेलाडी रिहान बुढालाई पनि सम्मानित गरिएको थियो। सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले नेपालको खेलकुद विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए।

सुस्मिता फाउन्डेसनकी सिइओ सुस्मिता तामाङ र च्याम्पियन क्लबकी एमडी सुशीला लामाले खेलाडीहरूलाई प्रोत्साहित गर्न आफूहरू सदैव तयार रहने उल्लेख गरे।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतबार