२०८३ असार ३२ , बिहीबार

आरजुको तिजः ब्रत बसेर देउवासँग घरमै पूजाआजा



परराष्ट्रमन्त्री डा आरजु राणाले आफ्नो हरितालिका तिजको तस्बिर सार्वजनिक गरेकी छन् ।आरजुले शुक्रबार सामाजिक सञ्जालमा तीनवटा तस्बिरमार्फत आफ्ना पूजाका दृश्य सार्वजनिक गरेकी हुन ।

सार्वजनिक तस्बिरमा आरजु आफ्ना पति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पूजाआराधनामा व्यस्त देखिन्छिन् ।

तस्बिरको क्याप्सनमा आरजुले‘‘आज ब्रत एवम् पूजा अर्चना गरी हरितालिका तीज मनाउँदैछौं,’ भनेर लेखेकी छन् ।

प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार