२०८३ असार ३२ , बिहीबार

सिलगढी साहित्य समाजको उद्घाटन



देवकोटा संघ, सिलगढीमा ‘सिलगढी साहित्य समाज’को विधिवत उद्घाटन भएकाे छ। सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेल, विशिष्ट अतिथिहरू भारतको राष्ट्रियगान (बंदे मातरम) का सर्जक वकिमचन्द चटोपाध्यायका पाँचौ पुस्ताका कवि कोलकाताका जयदीप चटोपाध्याय, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, साहित्यकार डा. वन्दना गुप्ता, प्राज्ञ कवि सुभद्रा भट्टराई तथा सिलगढी साहित्य समाजका अध्यक्ष सुब्रत दत्तले सामुदायिक रूपमा गरेका थिए।

समाजका अध्यक्ष सुब्रत दत्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुस्तक लोकार्पण, बहुभाषिक कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

सोही कार्यक्रममा समाजको कार्यसमिति र सल्लाहकार समितिको घोषणा पनि गरिएको थियो। समाजको कार्यसमितिमा अध्यक्ष सुब्रत दत्त, कार्यकारी अध्यक्ष लतिका जोशी, उपाध्यक्षद्वय डा.गौरी चौधरी र डा.वन्दना गुप्ता, महासचिवद्वय उषा नन्दी र सोमित्र कुण्डु, सचिव इन्द्रजीत कौर र कोषाध्यक्ष नन्दिता भौमिक रहेका छन्।

यसैगरी कार्यसमितिको सदस्यहरू लीला छेत्री, शिखा रोय, सोमा चौधरी, दीपा कर, पल्लवी पल र प्रसान्त पण्डित रहेका छन्।

यसैगरी सल्लाहकार समितिका सदस्यहरुमा डा.टी के चटर्जी, राधेश्याम लेकाली (नेपाल), कवि जयदीप चटोपाध्याय (कोलकाता), आशा मुखिया (खरसाङ), डा. तपती हाल्दार, ललिता क्षेत्री रहेका छन्।

संस्थाकी कार्यकारी अध्यक्ष लतिका जोशीले स्वागत मन्तव्य राखेको सो पहिलोचरणको सो कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, अध्यक्ष सुब्रत दत्तले विशेष मन्तव्य राख्दै संस्था स्थापनाको उदेश्य र रणनीतिबारे स्पष्ट पारेका थिए।

कार्यक्रमको दोस्रोचरणमा कवि अमर बानियाँ लोहोरो (सिक्किम)को अनुवाद कविताकृति ‘जीवन चित्र’ को लोकार्पण गरिएको थियो। बाङ्ला भाषामा अनुवाद गरिएको सो कृतिको समीक्षा उत्तर बंग विश्वविद्यालयका पूर्व कुलपति डा. तापस चटर्जी र साहित्यकार प्रा. कृष्णराज घतानीले गरेका थिए। सोही कार्यक्रममा कवि अमर बानिया लोहोरोलाई मायाको चिनोसहित विशेष सम्मान पनि गरिएको थियो। सो सम्मान कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार राधेश्याम लेकालीले प्रदान गरेका थिए। कृतिको अनुवाद कवि जय चौधरीले गरेका हुन्।

लोकार्पणपछि कवि लोहोरोले आफ्नो सिर्जना यात्राबारे विशेष मन्तव्य राख्दै कृति प्रकाशनमा संलग्न व्यक्तित्वहरुमा आभार प्रकट गरेका थिए।

पत्रकार समित्र कोण्डुले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको तेस्रो चरणमा बहुभाषिक कवि गोष्ठीमा नेपाली, बाङ्ला, हिन्दी लगायतका भाषाका कविताहरू विभिन्न कविले वाचन गरेका थिए। कविहरू डा. वन्दना गुप्ता, ललिता जोशी क्षेत्री, लीला छेत्री, गौरी चौधरी, पल्लवी पल, शिखा राय लगायतका कविहरूले कविता वाचन गरेका थिए।

सोही कार्यक्रममा नेपाली, हिन्दी, बाङ्लाका नृत्य र गीतहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, आशा मुखिया (करसाङ्ग), शिवराज प्रधान, डा. टीबी छेत्री, लेखनाथ चापागाईं, डा.भिकी प्रसाद, देवेन्द्रनाथ शुक्ला, देवीभक्त श्रेष्ठ (झापा), मुक्ति उपाध्याय, साङ्वा लेप्चा, ललिता जोशी, उषा नन्दी गहतराज, दीपा कर, इन्द्रजीत कौर, शोभा चक्रवर्ती, लीला क्षेत्री, गौरी चौधरी, पल्लवी पल, सैकत दे लगायत सर्जक, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कवि देविका मगराती र नन्दिता भोमिकले गरेका थिए।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार