२०८३ भदौ २७ , शनिबार

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध



मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।

सोमबार बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। “पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ”, उनले भने ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार