२०८३ असार ३१ , बुधबार

जोया ब्राण्डले लियो खेवाङ गोल्डकपमा ‘कि पार्टनर’को जिम्मेवारी



ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आउँदो कात्तिक १० गतेदेखि हुने खेवाङ गोल्डकपको सातौं संस्करणमा ‘कि पार्टनर’को जिम्मेवारी जोया ब्राण्ड बिर्तामोडले लिने भएको छ।

आयोजक खेवाङ स्र्पोटिङ क्लवका अध्यक्ष बिनम मावोका अनुसार गोल्डकपमा चाहिने जर्सी लगायतका अन्य सामग्री जोया ब्राण्डले सौजन्य गर्ने भएको छ। जोया ब्राण्डका सञ्चालक प्रेमकृष्ण श्रेष्ठ र खेवाङ स्र्पोटिङ क्लवकातर्फबाट अपिल राईले हस्ताक्षर गरी खेवाङ गोल्डकपमा जोया ब्राण्डले ‘कि पार्टनर’को भूमिका लिएको हो।

कात्तिक १० देखि १५ गते सम्म हुने गोल्डकपमा आयोजक सहित ८ टीम सहभागी हुँदै छन्। जोया ब्राण्डले यसअघि गत भदौ ३ गतेदेखि ताप्लेजुङको फुङलिङमा भएको ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणमा पनि ‘कि पार्टनर’को जिम्मेवारी लिएको थियो। पछिल्लो समय जोया ब्राण्ड देशका विभिन्न स्थानमा भएका फुटबल प्रतियोगितामा ‘कि पार्टनर’को भूमिकामा सहयोगी देखिएको छ। जोया ब्राण्डले बिदेशी ब्राण्डहरुलाई बिस्थापित गर्दै जर्सी,टि–सर्ट,ट्रयाकसुट लगायतका विभिन्न कपडा उत्पादन गरी पूर्वी नेपाल लगायत देशका विभिन्न स्थानमा बिक्री गर्दै आइरहेको छ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार