२०८३ असार ३० , मंगलबार

महावै गाउँपालिकाले विधुर भत्ता दिने



कालिकोटको महावै गाउँपालिकाले एकल पुरुषहरूलाई विधुर भत्ता दिने भएको छ। यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षका लागि दुई लाख रुपैयाँ छुट्याएको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले विधुर भत्ता दिने प्रयोजनका लागि विवरण संकलन सुरु गरिएको बताए।

गाउँपालिकाले ४९ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषहरूलाई विधुर सत्ता दिनेछ। यसका लागि सबै वडाबाट तथ्याङ्क सङ्कलनको काम सुरु गरिएको छ। ‘६० वर्षदेखि वृद्ध भत्ता पाउने भएकाले हामीले ५९ वर्षसम्मका लागि यो व्यवस्था गरेका हौँ,’ उनले भने, ‘एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिइनेछ।’

पालिकाका अनुसार अहिलेसम्म १२ जना एकल पुरुष ९विधुर०हरु सम्पर्कमा आएका छन्। ‘वडाले पनि तथ्याङ्क संकलन गरिरहेकाले यो संख्या बढ्नेछ,’ उनले भने, ‘चालू आर्थिक वर्षको प्रथम चौमासिक भत्ता दसैँ अघिनै दिने तयारीमा छौँ।’

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार