२०८३ कात्तिक ३० , सोमबार

उदाउँदो सूर्यलाई अर्घ दिएर रवि लामिछाने दम्पतीले गरे छठ पर्वको समापन



जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उहाँकी पत्नीले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व विधिपूर्वक सम्पन्न गर्नुभएको छ।

जनकपुरधामस्थित ऐतिहासिक गंगासागर घाटमा सोमबार बिहान पुगेर लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिनुभएको हो। छठ पर्वको अन्तिम दिन अर्थात् पारणका अवसरमा उहाँहरूले परम्पराअनुसार सूर्यदेवलाई अर्घ अर्पण गर्दै पूजा गर्नुभएको थियो।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ। यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा आरोग्यको कामना गर्दै सूर्यदेव र छठी माताको पूजा आराधना गर्ने गर्छन्।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार