बैशाखमा सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन

सुर्खेत

सुर्खेत उद्योग वाणिज्य संघको १४ औं नयाँ कार्य समिति चयनका लागि आगामी बैशाख ६ गते निर्वाचन हुने भएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षतामा सोमबार बसेको कार्य समितिको २६ औं बैठकले २०८२ बैशाख ६ गते निर्वाचन गर्ने गरी प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

आगामी निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २०८१ फागुन २५ गतेभित्र सदस्यता नविकरण गरिसक्ने गरी मिति तोक्ने निर्णयपनि कार्य समितिले गरेको छ । विगतमा विविध कारणवश समयमै निर्वाचन नहुँदा थुपै्र अविश्वास र आशंकाहरु उब्जने गरेको बताउँदै अध्यक्ष लक्ष्मण कंडेलले यसपटक समयमै निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण हुने प्रतिवद्धता जनाए ।

संघको निर्वाचन कार्यविधि अनुसार निर्वाचन समितिलाई एक महिनाअघि नै मतदाता नामावली लगायतका सम्पूर्ण कागजपत्र बुझाईसक्नुपर्ने भएकाले फागुन २५ नविकरणका लागि अन्तिम म्याद तोकिएको महासचिव महासचिव भद्र भण्डारीले जानकारी दिए ।

फागुन २५ देखि चैत्र ५ गतेसम्म आन्तरिक प्रक्रिया गरी चैत्र ६ गते निर्वाचन समितिलाई सम्पूर्ण कागजपत्र बुझबुझारथ भैसक्ने छ । त्यस उता निर्वाचन समितिले आप्mनो काम र प्रक्रिया थाल्नेछ । निर्वाचन समितिसँग समन्वय गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन अध्यक्ष कंडेलको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्यहरु टोपेन्द्रजंग शाही, अर्जुनजंग शाही र भुवन ज्ञवाली सदस्य रहेको समितिपनि गठन गरिएको छ । यसअघि १३ औं निर्वाचन समितिको निर्वाचन २०७९ बैशाख ४ गते भएको थियो ।

अन्य समाचार

+ There are no comments

Add yours