२०८३ मंसिर ११ , शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

पौडीमा बागमती प्रदेश च्याम्पियन, २०० मिटर बटरफ्लाईमा तीन खेलाडीद्वारा राष्ट्रिय कीर्तिमान भंग

बागमती ३५ पदकसहित समग्र च्याम्पियन, पुरुष २०० मिटर बटरफ्लाईमा तीन कीर्तिमान


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडीमा बागमती प्रदेश ३५ पदकसहित च्याम्पियन बनेको छ। पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गरे।

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीतर्फ बागमती प्रदेश समग्रमा च्याम्पियन बनेको छ। बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कास्य पदकसहित कुल ३५ पदक जित्दै उपाधि हात पारेको हो।

प्रतियोगिताको टिम स्पर्धामा एनआरएनए (NRNA) टिम १२ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल २० पदकसहित दोस्रो स्थानमा रह्यो। यस्तै, ३९ पदक (७ स्वर्ण, १५ रजत, १७ कास्य) जितेको त्रिभुवन आर्मी क्लब तेस्रो र ३६ पदक (६ स्वर्ण, १४ रजत, १६ कास्य) सहित नेपाल पुलिस क्लब चौथो स्थानमा रहे। कोशी प्रदेश ३ स्वर्णसहित पाँचौं तथा सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कास्य (कुल ७ पदक) सहित छैठौं स्थानमा रहे।

टिम च्याम्पियनतर्फ पुरुषमा बागमती प्रदेश र महिलामा एनआरएनए टिम अग्रस्थानमा रहे।

एकै इभेन्टमा तीन खेलाडीको कीर्तिमान

मंगलबारदेखि नेपालगन्जमा सुरु भई शुक्रबार सम्पन्न पौडी प्रतियोगिताको अन्तिम दिन रोमाञ्चक कीर्तिमान बने। पुरुष २०० मिटर बटरफ्लाईमा एकैपटक तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरे। यसअघि अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान रहेकोमा सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमानसहित स्वर्ण जिते।

सोही स्पर्धामा आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्डमा रजत र अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा कास्य पदक जिते।

अन्य कीर्तिमान र अन्तिम दिनका नतिजा

पुरुष ८०० मिटर फ्रिस्टायल: नेपाल पुलिस क्लबका काल्किन श्रेष्ठले ९ मिनेट ०३.२१ सेकेन्डको समयसहित स्वर्ण पदक जिते। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा रजत र पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा कास्य जिते।

महिला २०० मिटर बटरफ्लाई: एनआरएनएकी लिली बोहराले डुअना लामाको २ मिनेट ३५.२९ सेकेन्डको पुरानो कीर्तिमान भंग गर्दै २ मिनेट ३३.२० सेकेन्डमा स्वर्ण जित्न सफल भइन्। डुअनाले २ मिनेट ३९.९४ सेकेन्डमा रजत र पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा कास्य जितिन्।

महिला ४०० मिटर फ्रिस्टायल: एनआरएनएकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा स्वर्ण, आर्मीकी डुअना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा रजत र एनआरएनएकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा कास्य जिते।

पुरुष २०० मिटर इन्डिभिजुअल मिडले: बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा रजत र काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा कास्य जिते।

महिला १०० मिटर ब्रेस्ट स्ट्रोक: आर्मीकी डुअना लामाले १ मिनेट १९.९२ सेकेन्डमा स्वर्ण, एनआरएनएकी लिली बोहराले १ मिनेट २२.५५ सेकेन्डमा रजत र बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा कास्य पदक हात पारिन्।

पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोक: कोशी प्रदेशका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा स्वर्ण, आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा रजत र बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा कास्य जिते।

महिला ५० मिटर फ्रिस्टायल: एनआरएनएकी मिखा काया थापाले २९.१५ सेकेन्डमा स्वर्ण, बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा रजत र रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा कास्य जिते।

पुरुष ५० मिटर फ्रिस्टायल: पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा स्वर्ण, बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा रजत र आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा कास्य जिते।

रिले स्पर्धा: महिला ४×१०० मिटर फ्रिस्टायल (४:२८.८६), पुरुष ४×५० मिटर फ्रिस्टायल (१:४१.९२) र महिला ४×५० मिटर मिडले रिले (२:१६.०१) गरी तीनै रिलेमा बागमती प्रदेशले स्वर्ण पदक जित्यो।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते शुक्रबार