भेरी नदीमा एक जना बेपत्ता

सुर्खेत

भेरी नदिमा हाम फाल्दा एक जना ६० नागरिक बेपत्ता भएका छन् ।
बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् ।
वलीले बुधवगार दिउँसो करिब २ः२० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।


उनका अनुसार वलीले भेरी नदीमा हाम फालेको भन्दै २ः३५ बजे स्थानीयले प्रहरी चौकी मेहलकुनामा खबर गरेका
थिए । त्यसलगत्तै मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनको खोजीकार्य भइहरेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours