त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

चितवन

बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो ।

अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

फेला परेको शवको पहिचान भने हुन नसकेको उनले बताए । केही अङ्ग समेत नभएको सो शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशङ्का गरिएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours