बैतडीमा शनिबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईज नाको मृत्यु भएको र ६ जना घाइते भाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहरा रहेका छन् ।
घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका छन् । जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियो ।
+ There are no comments
Add yours