इम्बोस्ड नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति भाषा आयोगको आपत्ति

 सवारी साधनहरुमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने भाषा आयोगले जनाएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको छ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्ब) राख्न आयोगको यही भदौ १ को निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको बताएका छन् ।

संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *