ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ

सुर्खेत

देउसी भैलो खेल्ने क्रममा उच्छृङगल गतिविधि र ज्यान मार्ने उद्योग गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार राति ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर–३ बस्ने १८ बर्षीय उत्सव पुन मगर, चाहिन गुरुङ, २१ बर्षीय विक्रान्त गुरुङ, वीरेन्द्रनगर–९ लाटीकोइलीका १८ बर्षीय हेमराज रोकाय, सिमान्त पन्त, समिर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी ज्यान मार्ने उद्योगमा पक्राउ परेका हुन् ।
कात्तिक ७ गते देउसी भैलो खेल्ने क्रममा राति साढे १ बजे उनीहरुले केही व्यक्तिहरुलाई बाटो छेकेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्त डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘देउसी भैलो खेल्ने क्रममा उच्छृङ्गल गतिविधी र झैझगडा गरी बाटो छेकेर पिडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरिएको पाईएको छ,’ डिएसपी बुढथापाले भने ।
घटना भएको मितिदेखि फरार रहेका उनीहरुलाई खोजी गर्नेक्रममा वीरेन्द्रनगर नगरपालिका–१० मा फेला पारि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको डिएसपी बुढथापाले बताए ।

अन्य समाचार

+ There are no comments

Add yours