डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र मा पर्ने जर्सीचोक देउली जडी हुँदै सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने प्रलोभन दिएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको ठहर छ ।
लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी राखेर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडलेले जानकारी दिए ।

अन्य समाचार

+ There are no comments

Add yours