२०८३ भदौ २१ , आइतबार

सङ्खुवासभामा एक मजदुरको पहिरोमा पुरिएर मृत्यु, दुई घाइते



सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ,भने अन्य दुईजना घाइते भएका छन्।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरीका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो।

जलविद्युत् आयोजनाले कामदारका लागि निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।-रासस

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार