२०८३ कात्तिक १० , मंगलबार

एनपीएललाई आधार बनाएर खेलकुद पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड



काठमाडौं। होटल एसोसिएसन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग ९एनपीएल० लाई आधार बनाएर खेलकुद पर्यटन ९स्पोर्ट्स टुरिजम० प्रवर्द्धन गर्न योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्।

नेपालमा जारी एनपीएलको तेस्रो संस्करणले क्रिकेटको विकाससँगै होटल, आवास, खानपान र यातायातलगायत पर्यटनसम्बन्धी क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याएको शाहले बताएका हुन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टोली ठूला होटलसँग आबद्ध रहेको र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटल सेवा लिने भएकाले आतिथ्य उद्योगले प्रत्यक्ष लाभ पाएको बताए। विभिन्न टोलीका समर्थकसमेत खेल हेर्न नेपालका विभिन्न स्थानबाट आउने गरेकाले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ।

शाहले एनपीएललाई क्रिकेट प्रतियोगितामा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता क्रिकेटप्रेमी देशबाट पर्यटक आकर्षित गर्न सके नेपालमा खेलकुद पर्यटनको सम्भावना अझ विस्तार हुने उनले बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट एनपीएलले मान्यता पाउनु नेपालको क्रिकेटलाई विश्वस्तरमा चिनाउने अवसर भएको उल्लेख गर्दै उनले विदेशी खेलाडी तथा टोलीको सहभागिता बढाउनुपर्ने बताए। साथै, दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टोलीलाई नेपालमा आमन्त्रण गरी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको स्तरोन्नतिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाएको भन्दै शाहले खेलकुद पूर्वाधारको विकासलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनका अनुसार विभिन्न क्षेत्रबीच सहकार्य भए पनि स्पष्ट योजना र व्यवस्थित कार्यक्रममार्फत खेलकुद पर्यटनलाई अगाडि बढाउन आवश्यक छ।

यसैबीच, शाहले नेपालमा पर्यटक आगमन बढाउन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्नुपर्ने बताएका छन्। नेपालमा पर्यटकलाई सेवा दिन सक्ने होटलको क्षमता वार्षिक ३५ देखि ४० लाखसम्म पुगेको भए पनि पर्यटक आगमन अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय उडान विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।

रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा असर पार्न सक्ने उल्लेख गर्दै शाहले नेपालका सुरक्षित पर्यटन गन्तव्य, उपलब्ध सेवा र स्थानीय अवस्थाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने बताए। कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन असुरक्षित रहेको सन्देश जान नदिन सरकारी निकायबीच समन्वय आवश्यक रहेको उनले बताए।

शाहका अनुसार एनपीएलले नेपालको खेलकुद र पर्यटन क्षेत्रलाई एकसाथ अघि बढाउने अवसर सिर्जना गरेको छ। यसलाई योजनाबद्ध रूपमा उपयोग गर्न सके विदेशी पर्यटकको आगमन बढाउनुका साथै होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफलसमेत वृद्धि गर्न सकिनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार