२०८३ असार ३१ , बुधबार

दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण



नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताएका हुन्।

उनले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए। उनले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि रहेका भन्दै उनीहरुको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताए।

उनले भने, ‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरुले पढ्नुहुन्छ। न सरकारमा एकजना दलितको मन्त्री छ। म धारा ४० मन्त्रीज्युहरुलाई, सचिवज्यूहरुलाई एकपटक पढेर हेरिदिनुस्। दलितहरुका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकारहरु त्यहाँ उल्लेख गरेका छन्। त्यसको कार्यान्वयन गर्ने कुरामा सरकार अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन। म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन्। ४५ लाखको हाराहारीमा छन्। त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनी छन्। गरिबीको रेखामुनी रहेका दलितहरुको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन। पुर्नस्थापित प्रतिनिधि सभाले जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा ग¥यो। तर त्यसको कार्यान्वयन भएको छैन। त्यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जाओस्।’

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार