राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताएकी छिन्।
बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन्। उनले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टी जनाइन्।
उनले जलन मानवको सृष्टिसँगै शुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन्। उनले आफँैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन्। प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको बताइन्।
उनले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन्। उनले जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै रहेको बताइन्।








