२०८३ असार ३१ , बुधबार

महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियोः सांसद केसी



नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले महिला मन्त्रालयको पाएको १ अर्ब ६० करोडको बजेटमा सबै सुनसरी मात्रै देखिएको बताए। उनले सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको बताए। सामाजिक सुरक्षा भत्ता दिने असहाय, अशक्त लगायत गरिबलाई मात्रै दिने कार्यविधि बनाउन सके १ खर्ब १६ अर्बको आधा घट्नसक्ने उनको भनाइ छ।

उनले सामाजिक सुरक्षा भत्ता असाहय र दुःखीलाई दिने भएपनि काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको बताए।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार