२०८३ असार ३२ , बिहीबार

वेस्ट इन्डिजद्वारा न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत



आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

ब्रेन लारा स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १४९ रन बनायो।

वेस्ट इन्डिजका लागि शेरफन रुथफोर्डल नट आउट रहँदै सर्वाधिक ६८ रनको योगदान गरे भने अन्य कुनैपनि खेलाडीले २० रन पनि कटाउन सकेनन्।

न्युजिल्यान्डका लागि भने ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए भने टिम साउथी र लकी फेरगुसनले समान २÷२ विकेट हात पारे। यस्तै मिचेल स्यान्टर र जेम्स नसिमले समानले १/१ विकेट लिए।

प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार