२०८३ कात्तिक ११ , बुधबार

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै



काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।

एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दुवै खेलमा पराजित गरेको थियो। त्यसैले आज पोखरा पुरानो हारको बदला लिँदै सुदूरपश्चिमविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यता सुदूरपश्चिम भने पोखराविरुद्धको अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल छन्।टोलीमा विदेशी खेलाडीका रूपमा शेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन रहेका छन्।

पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्। टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन्। पोखराले विदेशी खेलाडीका रूपमा शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षणलाई टोलीमा समेटेको छ।

आठ टोली सहभागी एनपीएलको यस संस्करणको उपाधि विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ। सुदूरपश्चिम आफ्नो पुरानो वर्चस्व कायम राख्ने लक्ष्यमा हुँदा पोखरा भने नयाँ इतिहास रच्ने प्रयासमा हुनेछ। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार