२०८३ असार ३२ , बिहीबार

कवि कुन्ता शर्मा र समाजसेवी हिडपाली साइँलोलाई सीता-बालमुकुन्द पुरस्कार



सीता-बालमुकुन्द पाेख्रेल प्रतिष्ठान, विराटनगरले साहित्य र समाज सेवामा समर्पित दुई व्यक्तित्वलाई बर्सेनि सम्मान गर्ने घाेषणा गरेकाे छ। यसपटक साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामप्रसाद अधिकारी ‘हिंडपाली साइँलाे´लाई सम्मान गर्ने भएकाे छ।

कविताकाे माध्यमबाट नेपाली साहित्यकाे श्रीवृद्धिमा लागेकाेमा धरान, सुनसरीकी कवि कुन्ता शर्मालाई र चार दशकदेखि समाजसेवामा लागेकाेमा रावाबेंसी-४, डुम्रेकोट, खोटाङका श्यामप्रसाद अधिकारी ‘हिडपाली साइँलो’ लाई सम्मान अर्पिने निर्णय गरेको प्रतिष्ठानले जनाएकाे छ।

जनही २५ हजार २ सय २५ रूपैयाँ नगद राशि रहेको उक्त सम्मान आगामी असार १५ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले जानकारी दिए।

उक्त प्रतिष्ठानकाे संरक्षकमा पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक अध्यक्ष सीता पाेख्रेल र उनका पति बालमुकुन्द पोख्रेल रहेका छन्।

प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार