विराटनगरको द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच पुँजी वृद्धि गर्न लगानीकर्ता जुटाउने र होटल सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेनको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार उद्योगपति मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनीअन्तर्गत पाँच तारे होटल सेन्चुरियन सञ्चालन हुनेछ। कम्पनीका अनुसार होेटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन थप निर्माण एवम् साजसज्जाका लागि अझै पुँजी आवश्यक छ। यसका लागि कम्पनीको पुँजी वृद्धि गर्न थप संस्थापक लगानीकर्ता भित्र्याएर अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेनसँग सम्झौता गरिएको जानकारी होटले दिएको छ।
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार








