२०८३ असार ३२ , बिहीबार

नेपालमै उत्पादित हुन्डाईको मोटर बिक्री सुरु



लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री गर्न थालेको छ।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट गुणस्तर, पफर्मेन्स लगायतका गुणहरू हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडी सरहकै हुने दाबी कम्पनीले गरेको छ।

स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानकासाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको जानकारी कम्पनीले गराएको छ।

स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको जानकारी कम्पनीले दिएको छ।

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरियन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्रै अरू भेरिएन्टको उत्पादन पनि गर्दै जाने योजना कम्पनीले बनाएको छ। यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आइ टेन एनआइओएस का साथै अल न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार