२०८३ असार ३२ , बिहीबार

काठमाडौंमा इनारमा खसेर एक जनाको मृत्यु



काठमाडौंमा इनारमा खसेर एकजनाको मृत्यु भएको छ। प्रहरी वृत्त बानेश्वरका अनुसार काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्ने भोजपुर घर भएका ४० वर्षीय गोपाल दर्जीको बिहीबार दिउँसो मृत्यु भएको छ। इनार सफा गर्ने क्रममा उनी सोही इनारमा खसेका थिए।

उनलाई प्रहरी टोलीको उद्धार गरी अस्पतालमा पठाइएको थियो। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार