२०८३ असार ३२ , बिहीबार

कोलकाताको एक सपिङ मलमा आगलागी



छिमेकी मुलुक भारतको कोलकातास्थित एक सपिङ मलमा भिषण आगलागी भएको छ । कोलकाताको दक्षिणी कस्बा क्षेत्रमा रहेको एक्रोपोलिक सपिङ मलको तेस्रो तलामा आगलागी भएको भारतीय प्रहरीलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समय अनुसार झण्डै सवा १२ बजे त्यहाँ आगो सल्किएको थियो । अहिले आगो नियन्त्रणमा लिन १० वटा दमकल परिचालन गरिएको सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म कुनै किसिमको मानवीय हताहती वा चोटपटकको खबर भने आएको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार