सुर्खेत । त्रिशुल फुड्स प्रा.लि.ले ग्राहकको सहभागिता बढाउने तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले विस्तृत कुपन योजना कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको सेल्स म्यानेजर मदन कुमार श्रेष्ठ्रले बताएका छन् ।

कम्पनीले कर्णाली, सुदुरपश्चिम, र लुम्विनी प्रदेशका विभिन्न स्थानका डिलर तथा ग्राहकहरूलाई लक्षित गर्दै कुपन वितरण र लक्की ड्र कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खरिद परिमाणका आधारमा कुपन वितरण गरिएको छ । १ केजी खरिदमा १ पिस कुपन प्रदान गरिनेछ भने १० केजी खरिदमा १२ पिस कुपन उपलब्ध हुनेछ ।
त्यस्तै २० केजी खरिदमा २५ पिस, ४० केजीमा ५३ पिस, ६० केजीमा ८२ पिस तथा १२० केजी खरिदमा १८० पिस कुपन प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । जम्मा ८३ लक्की ड्र मध्ये, प्रथम पुरस्कार स्वरूप ४३ इन्चको भिडियोकोन एलईडी टिभी प्रदान गरिएको छ । भने द्वितीय पुरस्कार अन्तर्गत भिडियोकोन १६३ लिटर क्षमताको फ्रिज एक जनालाई प्रदान गरिएको छ ।
तृतीय पुरस्कारमा पाँच जनालाई मिक्सर ग्राइन्डर दिएको छ । त्यसैगरी चौथो पुरस्कार अन्तर्गत २५ जनालाई हाई स्पिड स्ट्यान्ड फ्यान वितरण गरिएको छ । पाँचौं तथा सान्त्वना पुरस्कार स्वरूप ५० जनालाई ट्राभल ब्याग प्रदान गरिएको कम्पनीका प्रतिनिधीले जानकारी दिएका छन् । यस योजनामा सहभागी कुपनहरूमा कम्पनीको आधिकारिक सही र छाप अनिवार्य रूपमा हुनुपर्ने बताएका छन् ।
कुनै पनि ड्यामेज (क्षतिग्रस्त) कुपन मान्य नहुने र फिर्ता नलिइने स्पष्ट पारिएको छ । साथै, योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमै निहित रहने उल्लेख गरिएको छ । कम्पनीले विभिन्न स्थानहरू जस्तै तुल्सीपुर, नेपालगञ्ज, लगायतका अन्य क्षेत्रहरूमा रहेका डिलर तथा ग्राहकहरूको सक्रिय सहभागिता रहेको जनाएको छ ।
योजना अन्तर्गत सहभागी हुने केही डिलर तथा व्यक्तिहरूमा पौडेल, साइम चुमला, प्रिय स्टोर्स, धिराज लामा, दलै राजक, नम महतारा, सन्तोष शर्मा, रमेश पनाऊ, सदीन स्टोर्स लगायतका नामहरू उल्लेख गरिएको छ ।
विभिन्न कुपन नम्बरहरू पनि दर्ता गरिएको जनाइएको छ, जसले पारदर्शिता कायम गर्न सहयोग पु¥याउने कम्पनीको विश्वास छ । योजना कार्यान्वयनको क्रममा डिलर, प्रोप्राइटर तथा प्रतिनिधिहरूको नाम, पद, ठेगाना, सम्पर्क नम्बर र हस्ताक्षरसमेत संकलन गरिनेछ, जसले कार्यक्रमलाई व्यवस्थित र विश्वसनीय बनाउन मद्दत गर्नेछ । ग्राहकको विश्वास जित्दै बजार विस्तार गर्ने लक्ष्यसहित ल्याइएको यस कुपन योजनाले व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने र ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले गरेको छ ।








