२०८३ असार ३२ , बिहीबार

गगनको टिप्पणी– प्रचण्डलाई प्रधानमन्त्री बनेर के गर्ने थाहा छैन



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर के गर्ने ? भन्नेसम्म पनि थाहा नभएको तिखो टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस नागार्जुन कार्यसमितिको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री किन भएको भन्नेसम्मको मेसो नपाएको टिप्पणी गरेका हुन् । ‘सरकार मुलत्ः एमाले र माओवादी पार्टीको छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,’ महामन्त्री थापाले भने,‘के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।’

प्रधानमन्त्री दाहाल खेलोफड्को गर्ने र यता आएपनि पनि प्रधानमन्त्री उता गएपनि प्रधानमन्त्री बन्ने र बनिराख्नेमै केन्द्रीत रहेको महामन्त्री थापाको आरोप छ । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्र भने बिग्रँदै गइरहेको उनको टिप्पणी छ । तर प्रधानमन्त्री दाहाल त्यसको जिम्मेवारी लिन तयार नभएके उनले बताए । ‘अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिगँ्रदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन,’ उनले भने ।

यसअघि एकवर्ष कांग्रेससहितको सरकारमा प्रधानमन्त्री हुँदा दाहालले राम्रो गर्ननसक्दा कांग्रेसको टाउकामा दोष थोपरेर हिँडेको पनि महामन्त्री थापाको आरोप छ । उनले भने, ‘त्यो राम्रो नभएको हिसावकिताव उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो ।’ त्यसैले अहिलेको कमजोरीको जिम्मा पनि लिन्छन् भन्ने पटक्कै नलागेको उनले बताए ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार