२०८३ कात्तिक १३ , शुक्रबार

सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार २०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको थियो। बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेपछि उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार