२०८३ कात्तिक १३ , शुक्रबार

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु



बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रामग्राम नगरपालिका–२ स्थित सेतो पुल नजिक हुलाकी सडकमा बिहीबार दिउँसो करिब सवा १२ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक पोखरेल गम्भीर घाइते भएका थिए । एउटै दिशातर्फ गइरहेको सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी ४५ वर्षीय पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी पु¥याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा दिउँसो १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरेल काठमाडौंमा प्रकाशित आर्थिक राष्ट्रिय दैनिकका संवाददाता थिए । उनी रूपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत थिए ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार