२०८३ साउन १ , शुक्रबार

कीर्तिपुर कप अन्तर विद्यालय बास्केटबल: सेन्ट जेभियर्स र दीक्षालयलाई उपाधि



सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गल्र्समा च्याम्पियन बनेका हुन।

कीर्तिपुर बास्केटबल संघ, नयाँ बजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ ले पराजित गर्दै उपाधि जितेको हो।

त्यसैगरी कीर्तिपुरस्थित कभर्डहलमा भएको गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले रिब्सलाई २५–२३ को झीनो हराएर उपाधि हात पारेको हो।

प्रतियोगिताको ब्वाइजमा सेन्ट जेभियर्सका शुभम् सैंजु र गल्र्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार