२०८३ कात्तिक ११ , बुधबार

लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपर्ने ओलीको भनाइ



काठमाडौं।  नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा, पार्टीको एकता र प्रतिगमनविरुद्ध संघर्ष गर्न आन्दोलनको तयारी आवश्यक रहेको बताएका छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आग्रह गरेका हुन्। ओलीले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै सत्य, न्याय तथा राष्ट्रिय हितका पक्षमा अनुशासित ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारले देशमा आतंक फैलाउने तथा विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने जस्ता गतिविधि गरिरहेको आरोपसमेत लगाए।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन पारदर्शी नभएको दाबी गर्दै ओलीले त्यसलाई प्रतिगमनको दोस्रो शृङ्खलाका रूपमा व्याख्या गरे। विभिन्न देशी–विदेशी शक्तिहरूले एमालेविरुद्ध प्रयास गरे पनि पार्टी जनताको लोकप्रिय मत र मजबुत राजनीतिक हैसियतका साथ उभिएको उनको जिकिर थियो। पार्टीभित्रका विकृति, अराजकता र अनुशासनहीनता अन्त्य गर्नुपर्ने उल्लेख गर्दै ओलीले पार्टी, नेतृत्व वा नीतिविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनु संस्थागत नियमविपरीत हुने बताए।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार