२०८३ साउन १ , शुक्रबार

विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग



सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा नगरपालिका-७ चुवाडेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

बैंकले कक्षा ९ र १० का विद्यार्थीलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीलाई सय थान स्कुल व्याग ४, ५, ९ र १० कक्षाका विद्यार्थीलाई सय थान कापी तथा कलम वितरण गरेको हो।

ब्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रमले विद्यार्थीलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार